मनोरन्जनविश्वव्यापार

विश्वभर ‘बार्बी’ अगाडि, भारतमा ‘ओपनहाइमर’

दुई हलिउड फिल्म ‘ओपनहाइमर’ र ‘बार्बी’ निर्माणका कारण मात्रै बहुप्रतीक्षित थिएनन्, बरु एकसाथ रिलिजको समाचारले अझ बढी चर्चा पाए । 

क्रिष्टोफर नोलानको पटकथा तथा निर्देशन रहेको ‘ओपनहाइमर’ केई बर्ड र मार्टिन जे. सेर्विनले अमेरिकी भौतिक शास्त्री जे.रोबर्ट ओपनहाइमरको जीवनीमा लेखेको पुस्तक ‘अमेरिकन प्रमिथस’ मा आधारित हो । त्यसैगरी ग्रेटा गर्विगको लेखन तथा निर्देशन रहेको ‘बार्बी’ एक अमेरिकी खेलौना बार्बीमा आधारित हो । बजेटका हिसाबले ‘ओपनहाइमर’ भन्दा केही महँगो रहेको ‘बार्बी’ ले बक्सअफिस कमाइमा पनि ‘ओपनहाइमर’ लाई उछिनेको छ ।

तर भारतीय बक्सअफिसमा भने विश्व व्यापारको भन्दा ठीक विपरीतको नजिता देखिएको छ । फोर्ब्सका अनुसार, ‘बार्बी’ ले प्रदर्शनको १० दिनमा ५१ लाख डलरको व्यापार गरिरहँदा ‘ओपनहाइमर’ ले भने एक करोड ३० लाख डलर बढीको व्यापार गरेको छ । विश्वव्यापी रूपमा भने फोर्ब्सका अनुसार, ‘बार्बी’ ले ७० करोड डलरको व्यापार गर्दा ‘बार्बी’ ले ३० करोड कममात्र ४० करोड डलरको व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिनको ओपनिङ कलेक्सनमै पनि भारतमा ‘बार्बी’ पछि परेको हो ।

उक्त फिल्मले ६ लाख डलरको मात्र ओपनिङ गर्दा ‘ओपनहाइमर’ ले भने दोब्बर भन्दा बढी १८ लाख डलरको व्यापार गरेको थियो । सप्ताहन्तसम्म यस फिल्मले ३८ लाख पु×र्‍याइसकेको थियो । भारतीय बक्सअफिसमा आक्रामक व्यापारलाई कायम राखेको ‘ओपनहाइमर’ ले प्रदर्शनको पहिलो सातामै एक करोड १३ लाख पुर्‍याइसकेको थियो । जबकि ‘बार्बी’ ले भारतमा पहिलो सप्ताहान्त ३० लाखको व्यापार गरेर ‘ओपनहाइमर’ लाई व्यापारिक चुनौती दिए पनि साता दिनमा ३४ लाख डलरमा खुम्चिएको थियो ।

जीवनशैलीव्यापार

नेपालमा गाँजा खेतीका निम्ति बजेट, खेती नियन्त्रणका लागि पनि बजेट

Worth reading...