अन्य

जाजरकोट भुकम्प : रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु

रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले त्यहाँ प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई उदृत गर्दै पठाएका विवरणहरुका अनुसार हालसम्म यो संख्या पुष्टी भएको हो ।
रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे छ ।नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।शनिबार राती ३:३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

Related posts
अन्य

कारागारमा बम्जन : यस्तो छ दैनिकी

महोत्तरी — क्षमताभन्दा दुई गुणा बढ…
Read more
अन्य

भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल…
Read more
अन्य

कांग्रेसका तिहार अघिका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित

काठमाडौँ — नेपाली कांग्रेसले तिहार…
Read more