अन्य

इजरायलमा मारिएका तीन नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौँ — दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला हमासको आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । 

इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ । डिस्चार्ज गरिएकामध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुई जनाको इजरायलमा उपचार भइरहेको छ ।