अन्य

यस्तो छ सरकार र शिक्षकबीच भएको ६ बुँदे सहमति

काठमाडौँ — सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । गृह मन्त्रालयमा शुक्रबार संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने ६ बुँदे सहमति भएको छ ।संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ ।

शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।

वार्तापछि सरकारका प्रवक्ता रेखा शर्माले संसद्को सर्वोच्चतालाई ख्याल गर्दै यसलाई परिमार्जन र समृद्ध बनाएर लैजाने जानकारी दिइन् । उनले शिक्षकहरुले उठाएका मागबारे सकारात्मक रहेको जानकारी दिइन् । उनले संविधानकै प्रतिकूल हुने दिशामा कोही जान नसक्ने बताइन् ।

Related posts
अन्य

कारागारमा बम्जन : यस्तो छ दैनिकी

महोत्तरी — क्षमताभन्दा दुई गुणा बढ…
Read more
अन्य

भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल…
Read more
अन्य

कांग्रेसका तिहार अघिका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित

काठमाडौँ — नेपाली कांग्रेसले तिहार…
Read more