राजनीति

कांग्रेस सांसदको एक स्वर : सुनिल शर्माको पक्राउ अनुचित

२६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले डा. सुनिल शर्माको पक्राउ अनुचित भएको बताएका छन् ।

सांसदहरुलाई गम्भीरतापूवर्क सुनेका नेताहरुले भने आइतबार यसबारे पार्टीको धारणा बनाउने बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्रबारे छानबिनका लागि बिहीबार कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार बसेको कांग्रेस संसदीय दलका बैठकमा बोल्ने अधिकांश सांसदहरुले शर्मालाई प्रतिशोध राखेर पक्राउ गरिएको बताएका हुन् ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले नक्कली प्रमाणपत्रमा पक्राउ परेका सुनिल शर्माको पक्षमा धारणा राखेका थिए ।

‘उहाँले यसभन्दा अघि केही मन्त्रीको राजीनामा माग्नुभयो, त्यही प्रतिशोधमा प्रधानमन्त्री, गृहमन्त्री हुनुहुन्छ’, सांसद श्याम घिमिरेले भने, ‘संसद चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो ?’

सांसद रामनाथ अधिकारीले पनि पार्टीका सांसद शर्मामाथि सरकारले पूर्वाग्रही र प्रतिशोंध राखेको बताए । अर्का सांसद उदयशमसेर राणाले प्रश्न गरे, ‘सर्वोच्चले छानबिन गर भनेका व्यक्तिलाई विदेश जाने दिने, तर सुनिल शर्मालाई पुरानो कुरामा समात्ने ?’

राणाले पूर्वमन्त्री बालकृष्ण खाँणको विरुद्धमा पनि वर्तमान सरकार देखिएको बताए । नक्कली भुटानी शरणार्थी बनाउने कार्य पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको समयबाट प्रारम्भ भएको दाबी गर्दै उनले भने, ‘सबै नक्कली काम सुरु गर्ने केपी शर्मा ओली सरकारका गृहमन्त्री बादललाई केही नहुने, बालकृष्ण खाँण चाहिं प्रक्राउ पर्ने ?’

वर्तमान सरकार कांग्रेसका नेताहरुप्रति अनुदार देखिएको सांसदहरुको आरोप थियो । सुन प्रकरणका विषयमा सरकार केन्द्रित हुनुपर्नेमा सुनिल शर्मातिर लागेको भन्दै नेता अर्जुनरसिंह केसीले आपत्ति जनाए । उनले भने, ‘जुन ढंगले सुनिल शर्मालाई कारबाही गरियो । पूर्वाग्रहपूर्ण र नियोजित हो ।’

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कांग्रेसप्रति किन अनुदार भएको भनेर सोध्नुपर्ने समेत सांसदहरुले बताएका छन् । ‘माननीय सुनिल शर्माको पक्राउ अचुति छ भनेर धारणाहरु राख्नु भएको छ, नेताहरुले गम्भीरतापूर्क सन्नु भएको छ’, बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘पर्सि कांग्रेसको धारणा आउँछ ।’

Related posts
राजनीति

कांग्रेसका मन्त्रीहरुलाई फिर्ता बोलाऔँ, समाजवादी मोर्चाको काम हेरौँ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेसका महामन्त्री गगन…
Read more
राजनीति

कांग्रेस नेताहरुले भने - 'संविधान कार्यान्वयनमा चुक्यौँ'

काठमाडौँ — नेपाली कांग्रेसका…
Read more
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकका लागि कोइराला समूहका तीन रणनीति

काठमाडौँ — नेपाली कांग्रेसका नेता…
Read more