पशुपालनराजनीति

लम्पी स्किनबाट पीडित किसानलाई क्षतिपूर्ति दिन कांग्रेसको माग

काठमाडौँ — नेपाली कांग्रेसले देशव्यापीरुपमा पशु चौपायमा फैलिएको लम्पीस्किन रोगबाट पीडित किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा शुक्रबार बोल्ने सांसदहरूले लम्पीस्किनबाट पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् ।ठकपछि प्रमुख सचेतक रमेश लेखकले बैठकले लम्पी स्किनबाट पीडित किसानलाई क्षतिपूर्ति र राहत दिन माग गर्ने निर्णय गरेको बताए । ‘देशव्यापीरुपमा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । लाखौँ किसान यसबाट मर्कामा परेका छन्,’ उनले भने, ‘यसबाट प्रताडित किसानलाई सरकारले राहत र क्षतिपूर्तिको प्रबन्ध गर्न बैठकले ध्यानाकर्षण गराएको छ । त्यस्तै, उचित औषधोपचार र चिकित्सकहरू खटाउन सरकारसँग माग गरिएको छ ।’उनले बैठकले देशभरि बाढी पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई राहत र पुनर्स्थापनाका लागिसमेत माग गर्ने निर्णय भएको जानकारी दिए । ‘अविरल वर्षाका कारण देशभरि बाढी, पहिरो र डुबानको समस्या भएको छ । धेरै मानिसहरूको ज्यान गुमाउनु परेको छ । मानिसको घर जग्गाजमिनमा क्षति भएको छ । सार्वजनिक, सरकारी र निजी भौतिक संरचनाहरूमा क्षति पुगेको छ,’ उनले भने, ‘बैठकले पीडितलाई राहत, पुन:स्थापना र अवरुद्ध सडक सुचारु गर्न माग गरेको छ ।’

Related posts
राजनीति

कांग्रेसका मन्त्रीहरुलाई फिर्ता बोलाऔँ, समाजवादी मोर्चाको काम हेरौँ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेसका महामन्त्री गगन…
Read more
राजनीति

कांग्रेस नेताहरुले भने - 'संविधान कार्यान्वयनमा चुक्यौँ'

काठमाडौँ — नेपाली कांग्रेसका…
Read more
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकका लागि कोइराला समूहका तीन रणनीति

काठमाडौँ — नेपाली कांग्रेसका नेता…
Read more