Site icon Nepal Janani Media

०८४ मा कसैले गठबन्धन गरेर जान्छु भन्यो भने कांग्रेस एक रहँदैन : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ०८४ को निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि शक्तिले गठबन्धन गर्छु भन्ने आँट देखाउनै नसक्ने बताएका छन् । उनले यदि कसैले गठबन्धन गर्न चाहन्छ भने त्यसबाट पार्टी विभाजनको बाटोमा जाने बताए ।

०८४ मा कसैले गठबन्धन गरेर जान्छु भन्यो भने कांग्रेस एक रहँदैन : गगन थापा

०८४ मा कसैले गठबन्धन गरेर जान्छु भन्यो भने कांग्रेस एक रहँदैन : गगन थापाबिहीबार नेपाल प्रेस युनियन काठमाडौंले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौं । यो कसैले कल्पनै नगरे हुन्छ । यदि कसैले गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहँदैन ।’

उनले चुनावमा गठबन्धन गर्ने कुरा पूर्णरुपमा अलोकतान्त्रिक नभए पनि नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने बताए । ‘हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँछ,’ थापाले भने, ‘त्यसकारण निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, तर सैद्धान्तिक हिसाबले गलत छ । यो अब मान्य हुँदैन ।’

उनले अर्को चुनाव आउन चार वर्ष बाँकी हुँदा नै पार्टीभित्र चुनाव हारिन्छ कि भनेर रुवाबासी भइरहेको बताए ।

‘तल वडादेखि माथिसम्म कांग्रेस सरकारमा बसेको छ । अनि नेता कार्यकर्ताको ध्यान सरकारमा बसेर आफ्नो जिम्मेवारी निभाउने कुरामा होइन, अर्कोपटक सरकारमा कसरी पुग्ने भन्नेमा मात्रै छ,’ उनले भने, ‘जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ भन्ने सुनिन्छ। यस्तो किन भइरहेको छ ? सरकारमा जाने र बस्ने कुरा किन यति महत्त्वपूर्ण भइरहेको छ ?’

Exit mobile version