समाचार

साम्प्रदायिक असहिष्णुता बढाउने घटना नियन्त्रणबारे राष्ट्रिय सुरक्षा परिषद्‍मा छलफल 

काठमाडौँ — राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकमा भएका पछिल्ला गतिविधिबारे छलफल भएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी रामकाजी थापाले प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा छलफल भएका विषयमा जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधिलगायतका विषयमा छलफल भएको उल्लेख छ ।  बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउँद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्माको उपस्थिति थियो ।बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा पनि गरिएको थियो भने राष्ट्रिय सुरक्षा परिषद्को पाँचौं वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि भएको छ ।

Related posts
समाचार

इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा…
Read more
समाचार

महिलाका मुद्दा अब पारिवारिक इजलासमा

पेसी नसार्न र नियमित सुनुवाइ गर्न…
Read more
समाचार

इजरायलमा रहेका नेपाली विद्यार्थीको अनुरोध - ‘सरकारले हाम्रो उद्धार गरोस्’

काठमाडौँ — हामी आएको एक महिना भयो ।…
Read more