समाचार

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायो : कांग्रेस नेता केसी

काठमाडौँ — सत्तारुढ प्रमुख घटक कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताए ।

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरेका हुन् ।

सोमबार प्रतिनिधि भा बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले भ्रष्टाचारका फाइल एकपछि अर्को खुले पनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराए । सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

‘५ महिना र ७ महिना नपुग्दै अहिले प्रहरी अफिसरहरू जुन ढंगले परिवर्तन भएका छन । त्यो परिवर्तन केका लागि, किन ? कमसेकम न्यूनतम एक वर्षसम्म रहने त सामान्य नियम हो । जुन ढंगले सरुवा गर्ने काम भएको छ । त्यसले आम रुपबाट भ्रष्टाचार गतिविधिहरुलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको छ । सरकार यतातिर शतर्क बनोस्,’ केसीले भने ।

Related posts
समाचार

इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा…
Read more
समाचार

महिलाका मुद्दा अब पारिवारिक इजलासमा

पेसी नसार्न र नियमित सुनुवाइ गर्न…
Read more
समाचार

इजरायलमा रहेका नेपाली विद्यार्थीको अनुरोध - ‘सरकारले हाम्रो उद्धार गरोस्’

काठमाडौँ — हामी आएको एक महिना भयो ।…
Read more