Site icon Nepal Janani Media

संक्रमणकालीन न्याय पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ : ओली

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेता तथा एमाले अध्यक्ष केपी शर्माले संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका छन् । एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा अध्यक्ष ओलीले सहमतिमै संक्रमणकालीन न्याय टुंगिने बताए । सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ,’ ओलीले भने, ‘सर्वोच्च अदालतको आदेशलाई मानेर टुंग्याउनु पर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’

चियापान कार्यक्रममा सरिक रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षबीच भएको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी समझदारी भएको बताएका थिए ।

तर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटको क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको कारण शान्ति प्रक्रियाको बाँकी काम पूरा नभएको आरोप लगाएका थिए ।

Exit mobile version