समाचार

शिक्षा विधेयक : शिक्षक मदिरा सेवन गरेर विद्यालय गए सेवाबाट बर्खास्त

काठमाडौँ — शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने व्यवस्था विद्यालय शिक्षासम्बन्धी विधेयकले गरेको छ । बुधबार संसद्मा‌ दर्ता गरिएको विधेयकको दफा ८८ को (ङ) मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।बहुबिवाह गरेमा पनि शिक्षकलाई सेवाबाट हटाउन सकिने प्रबन्ध उल्लेख छ ।

प्रश्नपत्रको गोपनीयता भंग गरे, परीक्षामा अमर्यादित काम गरेमा, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा लापरबाही गरे पनि पदबाट बर्खास्त गर्न सकिने भनिएको छ । राजनीतिक दल वा दलसँग आबद्ध संगठनका सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा समेत पदमुक्त हुने उल्लेख छ । बिनास्वीकृत ९० दिनभन्दा बढी अनुपस्थित भएमा पनि शिक्षक बर्खास्तमा पर्नेछन् ।

विधेयकको व्यवस्थाअनुसार समय पालना नगरे, आदेश पालना नगरे, पदीय मर्यादा पालना नभए, पठनपाठनमा लापरबाही गरे स्थानीय तहले शिक्षकलाई चेतावनी दिन सक्नेछ । चेतावनी दिँदासमेत सुधार नभए नसिहत दिन सक्ने व्यवस्था गरिएको छ ।

अनुशासनहीन काम भए, अध्यापन कार्य जिम्मेवारीपूर्वक नगरे, निर्देशन पालना नगरे, अध्यापनमा ढिलासुस्ती र लापरबाही गरेमा ५ वर्षसम्म तलब वृद्धि रोक्का र बढुवा रोक्का गर्न सकिने व्यवस्था गरिएको छ ।

Related posts
समाचार

इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा…
Read more
समाचार

महिलाका मुद्दा अब पारिवारिक इजलासमा

पेसी नसार्न र नियमित सुनुवाइ गर्न…
Read more
समाचार

इजरायलमा रहेका नेपाली विद्यार्थीको अनुरोध - ‘सरकारले हाम्रो उद्धार गरोस्’

काठमाडौँ — हामी आएको एक महिना भयो ।…
Read more
समाचार

शिक्षा विधेयक : शिक्षक मदिरा सेवन गरेर विद्यालय गए सेवाबाट बर्खास्त

Worth reading...