Site icon Nepal Janani Media

विवेकशील साझा पार्टीद्वारा संवैधानिक संस्थाहरुको गरिमा बचाउन राष्ट्रपतिसँग आग्रह

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र संवर्द्धन अभियान’बारे जानकारी गराएको छ ।पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह सम्मिलित प्रतिनिधिमण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संवर्द्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विशेष ध्यानाकर्षण गराएको हो ।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको समृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलीयकरणबाट मुक्त गर्नुपर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराएको प्रवक्ता आशुतोष प्रधानद्वारा जारी विज्ञप्तिमा छ ।

प्रतिनिधिमण्डलले संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहको लागि पनि अनुरोध गरेको छ ।

Exit mobile version