Site icon Nepal Janani Media

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्किएका छन्। 

उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए। 

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी  अस्पतालबाट डिस्चार्ज भएको उल्लेख छ।   

राष्ट्रपति पौडेललाई केही समय पूर्णरूपमा आराम गर्न चिकित्सकहरूले सुझाव दिएको  जनाइएको छ।

यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। रासस

Exit mobile version