समाचार

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ — उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधिशद्वय शुभाष पौडेल र नारायणप्रशाद पौडेलको संयुक्त इजलासलेरिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकको जग्गामा निर्मित भवन नभत्काउन अन्तरिम आदेश दिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार घर भत्काउनेबारे एक जना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्काल घर नभत्काउन अन्तरिम आदेश दिएको हो ।

मिसिल संलग्न जग्गाधनी दर्ता प्रमाण पूर्जा कागजातबाट निवेदनमा उल्लेखित कित्ता नं ७०७ को जग्गा निवेदक प्रभा चापागाईंको नाममा रहेको देखिएको काठमाडौँ महानगरपालिका प्राप्त सङ्कलन फाइल हेर्दा मिति २०८० साउन १० मा भएको निर्णयमा कित्ता नं २१४ को कल्याणी राजभण्डारीको जग्गामा बनेको भवनको सम्बन्धसम्म निर्णय भएको देखिएको छ’, उच्च अदाल पाटनको आदेशमा भनिएको छ ।

निवेदकको कित्ता नं ७०७ मा निर्मित घरको सम्बन्धमा कुनै निर्णय भएको वा निवेदशकलाई जानकारी दिएको नदेखिएकाले उक्त रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म त्यहाँ निर्मित भवन नभत्काउन उच्च अदालतको नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाको पार्टी कार्यालय विद्युत् प्रसारण लाइन मुनिको जग्गामा निर्माण गरिएको भन्दै काठमाडौँ महानगरपालिकाले भत्काउने निर्णय गरेको थियो ।

प्रकाशित : भाद्र १४, २०८० २२:२९

Share on Facebook

Share on Twitter

Share via Email

प्रतिक्रिया

https://www.google.com/recaptcha/api2/anchor?ar=1&k=6Lf34okUAAAAAJijNR1B5WHr2c7EM9Zt-wym-zoi&co=aHR0cHM6Ly9la2FudGlwdXIuY29tOjQ0Mw..&hl=en&v=0hCdE87LyjzAkFO5Ff-v7Hj1&size=normal&cb=bllg81rt7erc

पठाउनुहोस्

अर्को समाचार

संग्रहसेयर

अर्थ / वाणिज्य

तातोपानी नाकाबाट आठ वर्षपछि आउजाउ

२०३ जनालाई पास, खासामा १५ वटा पसल

भाद्र १४, २०८०अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाका शुक्रबारदेखि सर्वसाधारणका लागि आउजाउ खुला गरिँदै छ । शुक्रबार (सेम्टेम्बर १) देखि सर्वसाधारणका लागि नाका खोल्न लागिएको हो । नाका खुल्ने खुसीमा मितेरी पुल र लिपिङक्षेत्र झकिझकाउ बनाइएको छ ।

नाका खोल्न गत सातादेखि नै खण्डहर लिपिङ क्षेत्रमा पहिरोको अवरोध र भग्नावेश हटाउन थालिएको थियो । पारि चिनियाँ क्षेत्रमा नाका पूर्ण रूपमा खोलिएसँगै आवश्यक काम भइरहेकाले यहाँ पनि पूर्वाधार व्यवस्थापनको काम भइरहेको भोटेकोशी–२ का अध्यक्षकुमार श्रेष्ठले जनाए । ‘एक एस्क्साभेटर र टिपरसहित अन्य सवारी प्रयोग गर्दै लिपिङमा बर्खायता थुप्रिएका पहिरो हटाएका छौं, नाका सञ्चालनको पूर्वसन्ध्यामा लिपिङ यार्ड, खण्डहर र भग्नावशेष सफा गर्ने प्रयासमा छौं,’ वडाध्यक्ष श्रेष्ठले भने । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार सुरुमा पास लिएकाहरू पुल पारिको बजारसम्म जान पाउनेछन् ।

०७२ वैशाख १२ को भूकम्पले बन्द तातोपानी नाका ०७६ जेठ १५ मा आयातका लागि एकतर्फी र गत वैशाख १८ मा निर्यात खुलेको थियो । आठ वर्षपछि नेपाल र चीनका नागरिक आउजाउ गर्न पाउने हुँदा पर्वझैं वातावरण बनेकाले आवश्यक तयारीमा कस्सिएको अध्यागमन कार्यालय कोदारीका प्रतिनिधि तिलक मगरले बताए । ‘सीमावर्ती स्थानीय र नेपाली पर्यटकलाई आउजाउ गर्न आवश्यक कागजात तयारी अवस्थामा छन्, भूकम्पअघि प्रयोग भएका हरियो र वानडे दुवै किसिमका प्रवेश पास जारी गरिएको छ, जसमा सुरुमा दुई सय तीन जानका लागि पास जारी भएको छ,’ मगरले भने ।

सीमाबाट ३० किमि क्षेत्रका स्थानीयलाई हरियो र अन्यले वानडे पास पाउने प्रावधान रहेको उनको भनाइ छ । नाकामा अत्याधुनिक मितेरी पुल र लार्चामा तातोपानी सुक्खा बन्दरगाहको भवन यसअघि चिनियाँ कम्पनीले बनाइदिएका थिए । यीबाहेक अध्यागमन भवन, लिपिङ भन्सार यार्ड र सुरक्षा गेट भूकम्प एवं भोटेकोशी बाढीले जीर्ण बनाएको भवनमा चलाइएको थियो ।

जनप्रतिनिधिकै अगुवाइमा ती भवनमा रङरोगन गरेर मर्मतसम्भारको काम अघि बढाइँदै छ । उता चिनियाँ अधिकारीले निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन, अन्य पूर्वाधार संरचना अन्तिम चरणमा पुर्‍याइसकेको र अन्य तयारी पनि भइरहेको बताउँदै आएका छन् । ‘सीमा जोड्ने कोदारी राजमार्ग २६ किलोमिटर अझै क्षतिग्रस्त हुँदा कन्टेनरलाई धराप थापेझैं अवस्था छ, त्यसैलाई दृष्टिगत गरी सीमा क्षेत्रमा सडकलाई केही सरसफाइ गरिएको छ,’ उनले भने ।

तातोपानी नाकाबाट यसअघि गत वैशाख १८ मा निर्यात खुलाइएको थियो । नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको एघारौं बैठकले तातोपानीलाई आगामी दुई महिनाभित्रै सर्वसाधारणका लागिसमेत खुलाउने सहमति गरिएको थियो । खासाबाट सामग्री ल्याउन लिपिङमा रहेको पुरानो भन्सार कार्यालयमा छोटी भन्सार सुरु गर्ने तातोपानी सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको भनाइ छ । ‘नाकाबाट आउजाउ सुरु भएपछि सामान ल्याउन थालिनेछ, छोटी भन्सारले समय र प्रोटोकल पालनमा सहज हुन्छ, भन्सार निर्देशिकामा भएबमोजिम महसुल लिने व्यवस्था मिलाउँछौं,’ उनले भने ।

खासा र लिपिङमा सीमित पसल

भूकम्पपछि विस्थापित खासाको रौनक अझै उठ्न सकेको छैन । आउँदो सेटेम्बरभर झन्डै १५ प्रतिशत स्थानीय फर्किने आशा गरिएको छ । सर्वसाधारणका लागि नाका खोलिएलगत्तै वारि र पारि सीमित मात्रै व्यवसाय र अन्य संरचना सञ्चालनमा ल्याइने भएको छ । तत्कालका लागि लिपिङ पारि (चीनतर्फ) एक दर्जन पसल चल्तीमा ल्याइएको छ । केही दिनमा रमिते र खासा क्षेत्रमा पनि केही पसल सञ्चालनमा ल्याइने चीनस्थित सिल्क ट्रान्सपोर्टका साङदेन शेर्पाले बताए । खासामा व्यापारी फर्किएपछि मात्रै तातोपानी क्षेत्रको व्यवसाय पूर्ण रूपमा सक्रिय हुने गर्छ । नेपाली कन्टेनरले ल्याएका सामग्री जाँच्न चीनले रमितेमा नयाँ भन्सार कार्यालय बनाइएको छ । नेपालबाट सामान लिएर जाने कन्टेनर खासासम्म पुग्न पाउने सुविधा दिइएको व्यवसायी दोर्जे लामाले जनाए । ‘खासा पार्किङ पुनर्निर्माण भएको छैन, त्यो नबनेसम्म आयात हुने सामान लिन कन्टेनर खासा जान पाएनन्,’ उनले भने ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकापारि चीनमा भइरहेका काम । तस्बिर : अनिश/कान्तिपुरप्रकाशित : भाद्र १४, २०८० २२:१८

पूरा पढ्नुहोस् 

Share on Facebook

Share on Twitter

Share via Email

प्रतिक्रिया

https://www.google.com/recaptcha/api2/anchor?ar=1&k=6Lf34okUAAAAAJijNR1B5WHr2c7EM9Zt-wym-zoi&co=aHR0cHM6Ly9la2FudGlwdXIuY29tOjQ0Mw..&hl=en&v=0hCdE87LyjzAkFO5Ff-v7Hj1&size=normal&cb=pzyxxjs1mv8r

पठाउनुहोस्

थप केही समाचारबाट

सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सीआईबीको टोलीलाई भारत पठाइयो

रासस

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलद्वारा भेट

कान्तिपुर संवाददाता

उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना

कान्तिपुर संवाददाता

अक्टोबरमा तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य सम्मेलन आयोजना हुने

लक्ष्मी लम्साल

प्रतिपक्ष दलमा धाँजा परेर विस्फोटको परिस्थिति छ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

चीनले चुच्चे नक्सा स्वीकार नगरेको भन्दै चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन

कान्तिपुर संवाददाता

Best Deals on Daraz

विचार/विविधा

स्थानीयतामा आधारित शिक्षानीतिको खाँचो

इन्द्र अधिकारी

लगानीकर्तालाई चीनमा झैं सम्मानको खोजी

चन्द्र ढकाल

डिजिटल दुनियाँको व्यवस्थापन

गोविन्द मरासिनी

जनकपुर अझै दूर छ !

चन्द्रकिशोर

युवा ग्यालरी

सेवा गर्ने हुटहुटी

सेवा गर्ने हुटहुटी

पनौती आधारभूत विद्यालय (पाठशाला) को कक्षाकोठामा स्वास्थ्य सामग्री र औषधि उपचारको व्यवस्थापनमा जुट्दै थिइन्, १५ वर्षीया आयशा गिल । कहिले औषधिका बाकस बोक्ने, त कहिले नाम दर्ता गर्ने । अझै विद्यार्थी व्यवस्थापनमा समेत सहजीकरण गर्नमा भ्याइरहेकी थिइन् उनी । अमेरिकामा जन्मे/हुर्केकी आयशालाई खासमा नेपाली भाषा नै नौलो छ । तर बालबालिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने हुटहुटीले उनलाई न भाषाले रोक्यो, न त राष्ट्रियताले नै छेक्यो । समाजसेवाप्रतिको लगावले उनलाई काभ्रेको पनौतीसम्म ल्याइपुर्‍याएको हो ।

धनकुटामा लाखे नाच

रचनाको स्वरमा ‘यो साल नि परदेशमै तीज’

सन् १९९७ मा आजकै दिन : कार दुर्घटनामा डायनाको मृत्यु

योगमा आकर्षण

कान्तिपुरका स्तम्भहरु

हाम्रो बारेमा

यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।पूरा पढ्नुहोस् »

उपयोगी लिंकहरु

Play Store
App Store

सम्पर्क ठेगाना

कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल

+977-01-5135000
+977-01-5135001

हाम्रा अन्य प्रकाशनहरु

© Copyright ekantipur.com

Related posts
समाचार

इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा…
Read more
समाचार

महिलाका मुद्दा अब पारिवारिक इजलासमा

पेसी नसार्न र नियमित सुनुवाइ गर्न…
Read more
समाचार

इजरायलमा रहेका नेपाली विद्यार्थीको अनुरोध - ‘सरकारले हाम्रो उद्धार गरोस्’

काठमाडौँ — हामी आएको एक महिना भयो ।…
Read more