Site icon Nepal Janani Media

प्रधानमन्त्री दाहाललाई श्रम मामिलामा ब्रिफ्रिङ गर्न १३ देशका नेपाली राजदूत काठमाडौं आए

सुरक्षीत वैदेशिक रोजगारीका लागि लिइएको नीतिमाथि श्रम र परराष्ट्र मन्त्रालयबीच बढेको विवादबारे छलफल हुने

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पछिल्लो समयमा वैदेशिक रोजगारी क्षेत्रमा फेरिएको मामिलामाथि ब्रिफ्रिङ गर्न नेपाली श्रमिक कार्यरत प्रमुख गन्तव्य मुलुकमा खटिएका १३ नेपाली राजदूत काठमाडौं आइपुगेका छन् । सुरक्षीत वैदेशिक रोजगारीका लागि श्रमिक भर्ना प्रक्रियालाई थप पारदर्शी बनाउन, घरेलु श्रमिकको भर्ना सम्बन्धी लिइएको मापदण्ड, वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण, युरोप, खाडी र मलेसियामा कार्यरत नेपालीको श्रमिकको अवस्थाबारे बताउन उनीहरु आइपुगेका हुन् । उनीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसमक्ष ब्रिफ्रिङ गर्ने कार्यक्रम छ ।

Exit mobile version