Site icon Nepal Janani Media

कांग्रेस बैठकमा प्रश्न – ‘अर्थतन्त्र सिकिस्त छ, अर्थमन्त्री के गर्दै हुनुहुन्छ?’

काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सदस्यहरूले आफ्नै दलका मन्त्रीहरुले पनि सरकारका महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताहरूले मन्त्रीहरूले डेलिभेरी दिन नसक्दा आमसर्वसाधारणको पार्टीप्रतिको दृष्टिकोण झन्-झन् बिग्रिँदै गएको बताएका हुन् ।उनीहरूले सरकारमा आफ्नै दलको अर्थमन्त्री भए पनि मुलुकको अर्थतन्त्रमाथि उकास्ने गरी कुनै काम गर्न नसकेको भन्दै पार्टीका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतको क्षमतामाथि नै प्रश्न उठाए ।

नेताहरूले सरकारले विकास खर्च गर्न नसक्ने, उद्यमीले ऋण नपाउने, तर बैंकमा पैसा थुप्रिएर बस्ने अनि बजारमा मन्दी र कालोबजारी मौलाउने अवस्थाको अन्त्य गर्न अर्थमन्त्रीले तत्काल योजना बनाएर काम अघि बढाउनुपर्ने सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका सदस्य गोविन्द पोखरेलले पहिलो दल बनेर सरकारमा महत्वपूर्ण हिस्सा लिए पनि आमसर्वसाधारणमा आशा जगाउन नसकेको बताए ।

‘सरकारको नेतृत्व अर्को दलले गरेको छ, हामी आफैँ पनि सरकारमै छौँ, तर, सरकारको डेलिभेरीमा चित्त बुझाउने अवस्था छैन,’ नेता पोखरेलले भने, ‘देशमा गरिखान चाहनेहरू निराश छन् । प्रत्येक दिन साना-ठूला एक जना व्यवसायीले आत्महत्या गरिरहेका छन् । बैंकहरुमा ५ खर्ब रुपैयाँ थन्किएको छ । तर उद्यमीले ऋण नपाएर सटर बन्द गरेर हिँड्न बाध्य छन् ।’

आँगनमा चाडवाड आइपुगेका बेला आर्थिक मन्दी लागेर करिब ६० प्रतिशत आन्तरिक रोजगारी धरापमा परेको र सहरका करिब ३५ प्रतिशत सटर बन्द भएको उनको दाबी थियो । मुलुकको बिग्रिँदो आर्थिक अवस्थाका विषयमा अर्थमन्त्री र गभर्नरले अनुत्तरदायी ढंगले एकअर्कालाई आरोप प्रत्यारोप गरेर प्रस्तुत हुनु गलत भएको उनको भनाइ थियो ।

‘अर्थमन्त्री राष्ट्र बैंकको मौद्रिक नीतिले गर्दा अर्थतन्त्र बिग्रियो भनिरहनुभएको छ । गभर्नर भने सरकारको आर्थिक नीतिले गर्दा अर्थतन्त्रको हालत यस्तो अवस्थामा भएको भनिरहनुभएको छ, जिम्मेवार दुई अधिकारीको यस्तो अनुत्तरदायी दोहोरीबीच अर्थतन्त्र जहाँको त्यही छ,’ पोखरेलले थपे ।

उनले विगतमा कांग्रेसको अर्थमन्त्री हुँदा सेयर बजार उकालो गर्ने गरेको स्मरण गर्दै यसपटक त्यस्तो नभएको बताए । ‘कांग्रेस सरकार र अर्थमन्त्री हुँदाखेरि सेयर बजार उकालो लाग्थ्यो । तर अहिले ओरालो लागिरहेको छ । यो राम्रो संकेत चाहिँ होइन,’ उनले अघि भने, ‘कांग्रेसले कमाउँछ, कम्युनिस्टले बाँड्छ भन्थे पहिले । अहिले त्यो इमेज बिग्रिँदै गइरहेको छ, अर्थमन्त्रीज्यू के गरिरहनुभएको छ ?’

उनले अर्थतन्त्र कमजोर बनेका बेला फजुल खर्च नियन्त्रण गर्नुपर्नेमा मिलिजुली सरकारले त्यसलाई समेत बढाउने काममात्रै गरिरहेको आरोप लगाए ।

सरकारको नेतृत्वमा अर्को दल भए पनि प्रमुख दलका हिसाबले सबैको नजर कांग्रेसको भूमिकाप्रति केन्द्रित रहेको नेताहरुको भनाइ थियो ।पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मिन विश्वकर्माले यस्तो बेला अर्थमन्त्रीले विशेष प्याकेज ल्याएर अर्थतन्त्रलाई माथि उठाउने र नागरिकमा भरोसा जगाउने काम गर्नुपर्ने सुझाव दिए ।

‘आँगनमा चाडपर्व आइसके, तर देशको अर्थतन्त्र बिरामीमात्रै होइन, सिकिस्त भएको अवस्था छ । सरकारको नेतृत्व अर्को दलले गरे पनि अर्थमन्त्री हाम्रै हुनुहुन्छ,’ विश्वकर्माले अघि भने, ‘अहिले आम सर्वसाधारणको दैनिकीलाई छुने गरी विशेष प्याकेज ल्याएर राहत दिलाउन र आशा जगाउन आवश्यक छ ।’

अर्का सदस्य भरतकुमार शाहले मुलुकको पहिलो दल र सरकारमा भएको हिसाबले पनि पार्टीले देशलाई अहिलेको संकटबाट मुक्त गर्न विशेष योजना बनाउनुपर्ने बताए । ‘देशको आर्थिक अवस्था जटिल स्थितिमा छ, जताततै मन्दी छाएको छ,’ उनले भने, ‘युवा जनशक्ति देशमा बस्न चाहँदैन, दिनहुँ पन्ध्र सय/दुई हजार युवाहरू विदेशिनेक्रम रोकिएको छैन ।’

उनले सरकारले संविधानमा ग्यारेन्टी गरेका जनताका आधारभूत आवश्यकताहरूमात्रै पूरा गर्न सके पनि नागरिकमा आशा जगाउन सक्ने बताए ।

अर्का सदस्य एवम् पार्टीको आपूर्ति तथा उपभोक्ता विभागका प्रमुख गुरू बरालले नियमन प्रणाली कमजोर हुँदा बजारमा महँगी र कालोबजारी मौलाएको बताए । ‘एकातिर अर्थतन्त्र संकटमा छ, अर्कोतिर बजारमा महँगी र कालोबजारी मोलाएको छ, उपभोक्ताले, आमसर्वसाधारणले कतैबाट न्याय पाउने परिस्थिति छैन,’ बरालले भने, ‘अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालय दुवै हाम्रै पार्टीको नेतृत्वमा छन्, यसबारे तत्काल निर्देशन दिएर नियन्त्रण गर्न आवश्यक छ ।’

उनले नागरिकलाई सरकारले चाहे तत्कालै सुशासन दिन सक्ने र त्यतिमात्रै सबै नागरिकसमक्ष पुर्‍याउन सके पार्टीप्रतिको भरोसा बढेर जाने दाबी गरे ।

सदस्य मुक्ताकुमारी यादवले आम सर्वसाधारणले सरकार भएको अनुभूति गर्न नपाएको बताइन् । ‘न सुशासन छ, न शान्ति सुरक्षा कायम छ, आखिर सरकार के गरिरहेको छ ?,’ उनले भनिन्, ‘सरकारमा हाम्रै पार्टीको अर्थमन्त्री हुनुहुन्छ, तर देशको नागरिकको आर्थिक जीवन लथालिङ्ग बनेको छ, अर्थमन्त्रीज्यू के गर्दै हुनुहुन्छ ?’ उनले पार्टीले मौका पाएर पनि नागरिकमा आशा जाग्ने गरी काम गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराइन् ।

अर्का सदस्य जीपछिरिङ लामाले आर्थिक अवस्था जर्जर बनेका विषयमा पार्टीले सरकारलाई गम्भीर ढंगले सुझाव दिनुपर्ने बताए । ‘आज हाम्रै पार्टीको अर्थमन्त्री हुनुहुन्छ । तर देशको आर्थिक अवस्था जर्जर बनेको छ । अर्थतन्त्रमाथि उकास्न किन सकिएको छैन ? सरकारले के गरिरहेको छ ? दोष कसलाई लगाउने हो ?,’ उनले भने, ‘देशभरि पूर्वाधार निर्माणका कामहरू रोकिएका छन्, निर्माण व्यवसायीहरूले काम गरेको पैसा भुक्तानी पाउन सकिरहेका छैनन् । यस्तो बेला पार्टीले सरकारलाई गम्भीर भएर सजग गराउनुपर्छ ।’

बैठकमा अर्थमन्त्री महतले जवाफ भने दिएका छैनन् । बिहीबारको देखि सुरू भएको बैठकमा शुक्रबारसम्म करिब ५० जनाले मात्रै धारणा राखेका छन् । तर सभापति शेरबहादुर देउवाले भने आइतबार दिउँसो १ बजेसम्म बैठक सक्नुपर्ने रूलिङ गरेका छन् । शुक्रबारमात्रै ४५ जना सदस्यहरूले धारणा राखेका थिए ।

पार्टीले आगामी मंसिर ११ देखि १३ का लागि बोलाएको महासमिति बैठकका विषयमा छलफल गर्न बसेको बैठकमा यसपटक नेताहरूले वर्तमान निर्वाचन प्रणालीसहित संविधानमा आवश्यक संशोधन गर्नुपर्ने, सरकारमा रहेर सुशासन र भ्रष्टाचारका विरुद्ध पार्टीलाई प्रतिबद्धरुपमा उभ्याउनुपर्ने तथा पार्टीको संगठनलाई चुस्तदुरूस्त राख्नुपर्ने विषयहरूलाई जोड दिएर उठाएका छन् ।

Exit mobile version