Site icon Nepal Janani Media

कांग्रेसका मन्त्रीहरुलाई फिर्ता बोलाऔँ, समाजवादी मोर्चाको काम हेरौँ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा रहेका दलहरुभित्रै मतभेद रहेको भन्दै समाजवादी मोर्चा र कांग्रेसले आलोपालो गरेर एकलौटी सरकार चलाउन प्रस्ताव गरेका छन् । उनले कांग्रेसले तत्काल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गरेर बस्नुपर्ने र डेढ वर्षपछि मोर्चाको समर्थनमा कांग्रेसले एकलौटी सरकार बनाउनुपर्ने बताए ।

अहिले प्रधानमन्त्रीजीले बेला-बेला सुशासन दिन त चाहेको थिएँ, तर कांग्रेसले गर्दा…भनेजस्तो भाषा प्रयोग गर्नुहुन्छ, फेरि कांग्रेसका मन्त्रीहरु प्रधानमन्त्रीका कारणले काम गर्न नपाएको सुनाउनुहुन्छ,’ उनले भने, ‘अहिले हामीले गठबन्धन नगर्ने हो भने सरकार नै बन्दैन । त्यसैले गठबन्धन गरौँ । तर गठबन्धनभित्र पनि एकलौटी सरकार सञ्चालनको अभ्यास गरौँ, यो मेरो सिरियस प्रस्ताव हो, छलफल गरौँ ।’

कांग्रेस रूपान्तरण अभियानले आइतबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले अबको केही समय समाजवादी मोर्चालाई मात्रै चलाउन दिनेबारे पार्टीभित्र बहस गर्नुपर्ने र आफू त्यसलाई प्रस्तावको रुपमा अघि बढाउन तयार रहेको बताए ।

‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ । यो दुई, अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा पहिल्यै भएकै छ,’ उनले भने, ‘गठबन्धनले काम गर्न उल्झन भयो भनेर हामीलाई नागरिकलाई सुशासन दिने कुरामा कम्प्रमाइज गर्न मिल्दैन ।’

उनले एउटा दलको मात्रै सरकार हुँदा सरकारमा भएका बेला गरेको कामको जस वा अपजस लिन दिनका लागि सहज हुने र त्यसबाट जनमत व्यक्त गर्न सहज हुने बताए ।

Exit mobile version