अन्य

अतिक्रमित नेपाली भूमिमा मोदीको भ्रमणबारे दिल्ली दूतावास बेखबर

मोदी नेपाली भूमिमा पुगेको जानकारी दिल्लीस्थित नेपाली दूतावासले मिडियाबाट मात्रै थाहा पायो

नयाँदिल्ली — सीमा विवादलाई वार्ताबाट समाधान गरिने बताउँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारसँग कुनै समन्वय नगरी नेपाली भूमिको भ्रमण गरेका छन् । दार्चुलाको व्यासस्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा मोदी पुगेको जानकारी दिल्लीस्थित नेपाली दूतावासले मिडियाबाट मात्रै पाएको छ । दूतावासका अधिकारीले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।मोदीले बिहीबार कालापानी क्षेत्रअन्तर्गतका बस्ती भ्रमण गरेका छन् । चीनको सीमानजिकैको गुञ्जीलाई शिव धामका रूपमा विकसित गर्ने घोषणासमेत गरेका छन् । गुञ्जी व्यास घाँटीमा अवस्थित छ । त्यस क्षेत्रको जोलिङ्काङ इलाकामा भारतले कैलाश पर्वतको दर्शन मिल्ने गरी भ्यु प्वाइन्टको विकास गरेको छ । त्यहींबाट कैलाश पर्वतको दर्शन गर्दै उनले गुञ्जीमा धार्मिक पर्यटकको विकास हुने बताएका थिए । त्यसका लागि भारतीय टेलिकम नेटवर्क, यात्री निवास, होटल, होमस्टेजस्ता संरचनाको विकास गरिने उनले घोषणा गरेका हुन् ।

२०७८ चैतमा भारत भ्रमणमा आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र यसै वर्ष गत जेठमा भारत आएका प्रधानमन्त्री पुष्पकमल दाहालले मोदीसमक्ष सीमा विवाद सल्टाउन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालसँगको संयुक्त सम्बोधनमा मोदीले सीमालगायत विवाद वार्ताबाटै समाधान गरिने बताएका थिए ।

सीमा विवाद समाधान गर्न नेपालले पटकपटक भारतलाई आग्रह गर्दै आएको छ । दुई देशबीच परराष्ट्र सचिवस्तरीय संयन्त्रसमेत गठित छ । तर, सीमा विवाद सल्टाउने दिशामा काम भएको छैन । दुई देशबीच सीमा व्यवस्थापनको काम सन् १९८१ बाट सुरु भएको थियो । लगातार २६ वर्षसम्म दुई देशको संयन्त्रले सीमालाई व्यवस्थित गर्ने र विवादित विषयलाई टुंग्याउने दिशामा काम गरेको थियो । तर, कालापानी र सुस्ता क्षेत्रको विषयमा विवाद नटुंगिएपछि त्यसलाई ‘आउटस्ट्यान्डिङ’ मुद्दा भनिएको थियो । २००७ मा सीमासम्बन्धी प्राविधिक टोलीले आफ्नो प्रतिवेदनमा कालापानी र सुस्ता क्षेत्रको विषयलाई राजनीतिक र कूटनीतिक माध्यमबाट सुल्झाउन सुझाएको छ ।

सन् १८१६ मा भएको सुगौली सन्धिले दुई देशबीचको आधुनिक सीमा निर्धारण गरेको हो । नेपालको पश्चिमी सीमा काली नदीको उद्गम स्थललाई मानिएको थियो । तर, पछि काली नदीको उद्गमस्थल नै फरक देखाएर भारतले पहिलेदेखि नेपालमा रहेको भूगागमाथि नियन्त्रण जमाएको हो । भारतले सन् २०१९ को नोभेम्बरमा विवादित मानिँदै आएको क्षेत्रलाई आफ्नो नयाँ नक्सामा राखेको थियो । विवादित क्षेत्र हुँदै बाटो बनाएको थियो । नेपालले त्यसप्रति आपत्ति जनाउँदै कूटनीति पत्राचार गरेको थियो । तर, भारतका तर्फबाट ती पत्राचारको बेवास्ता गरिएपछि नेपालको संसद्ले पनि सन् २०२० जुनमा आफ्नो नक्सालाई संशोधन गर्दै कालापानी, लिपुलेख र लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा राखेको छ । नेपालको नयाँ नक्सा चुच्चे नक्साका रूपमा चिनिँदै आएको छ । भारतबाट अतिक्रमित उक्त भूमि भारतीय सैनिकको नियन्त्रणमा छ । ६० को दशकदेखि उक्त क्षेत्रमा भारतीय सेना बस्न थालेको हो ।

Related posts
अन्य

कारागारमा बम्जन : यस्तो छ दैनिकी

महोत्तरी — क्षमताभन्दा दुई गुणा बढ…
Read more
अन्य

भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल…
Read more
अन्य

कांग्रेसका तिहार अघिका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित

काठमाडौँ — नेपाली कांग्रेसले तिहार…
Read more