समाचार

१५ मिटर अग्लो गेग्रानले पुरियो मेलम्ची हेडवर्क्स, मर्मतमा डेढ महिना लाग्ने 

लगातारको वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी मुहानको हेडवर्क्स कम्तिमा १५ मिटर गेग्रानको थुप्रोले पुरिएको छ । हेलम्बुस्थित भेमाथाङबाट बाढीले बगाएको लेदो माटो, ढुंगा र बालुवाको गेग्रान मेलम्ची खानेपानी आयोजनाको पानी प्रवेश गराउने सुरुङको मुख र आसपासका क्षेत्रमा थुप्रिएको छ ।